रास्वपाको पहिलो महाधिवेशन वैशाख २५, २६ र २७ गते

 राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनको मिति घोषणा गरेको छ । पार्टीको जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

आजैबाट पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको सभापति लामिछानेले बताए । उनले नयाँ अभियानको पनि घोषणा गरे । जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’ सुरु गर्ने रविले बताए ।