कोसी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिश्वासको मत प्राप्त गरेका छन्। दुई तिहाई मत सहित उनले बिश्वासको मत प्राप्त गरेका हुन। 

मत बिभाजनको प्रक्रियामार्फत भएको मतदानमा पक्षमा ६६  मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। नेकपा  एकीकृत समाजवादीका २ जनाले भने मतदान गरेनन्। सभामा प्रदेश बैठकमा ८३ सदस्य उपस्थिति रहेका थिए। 

यसअघि मुख्यमन्त्री  कार्कीले बैशाख  ३१ गते  बिश्वासको मत लिएका थिए। गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले आज पुन बिश्वासको मत लिनुपरेको हो। कोसी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छ्न। नेकपा एमालेका ४० ,नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ ,राप्रपाका ६, नेकपा एकीकृत समाजबादीका ४ र जसपाक १ प्रदेश सभा सदस्य छन्।