गोलभेँडा जुस पिउनाका फाइदा

गोलभेँडाको जुस नियमित पिउनाले शरीरको मोटोपना घटाउन सहयोग मिल्ने अनुसन्धानबाट पत्ता लागेको छ ।

गोलभेँडाको जुसमा भएको एन्टीअक्सिडेन्ट र मिनरल्सले वजन घटाउन मद्दत गर्छ । गोलभेँडाले शरीरको मेटाबोलजम पनि बढाउँछ अनि बोसो गलाउँछ ।

शारीरिक व्यायाम गरेपछि शरीरको ऊर्जा कम हुन्छ । यस ऊर्जाको कमीलाई हटाउन हामीहरू एनर्जी ड्रिंक लिन्छौं तर हराएको ऊर्जालाई फेरि पाउनका लागि सबभन्दा सजिलो तरिका गोलभेँडाको जुस पिउनु नै हो ।

गोलभेँडामा भएका रसायनले व्यायामपछि मांसपेशी तन्किएर दुखेकोलाई शान्त पार्छन् र रक्तसञ्चारलाई पनि सामान्य बनाउँछन् । 

ग्रीसको जनरल केमिकल स्टेट लेबोरेटोरीले गरेको दुई महिनासम्म १५ खेलाडीमाथि गरेको अनुसन्धानमा नौ जनालाई गोलभेँडाको जुस पिउन दिइयो भने बाँकी ६ जनालाई एजर्नी ड्रिंक पिउन दिइयो । अनि व्यायामअघि, व्यायामका बेलामा र व्यायामपछि खेलाडीहरूको शारीरिक गतिविधिमा भएको परिवर्तनको अध्ययन गरियो । 

यो अध्ययनले गोलभेँडाको जुस पिउने खेलाडीको मांसपेशी व्यायामपछि एकदमै छिट्टै सामान्य स्थितिमा आएको अनि एनर्जी ड्रिंक पिउनेको चाहिँ यस्तो नभएको पाए । 

यसको अर्थ, तपाईँले व्यायाम गरेपछि गोलभेँडाको जुस पिउनुभएमा थकान हट्छ र ऊर्जावान् अनुभव गर्नुहुन्छ । गोलभेँडाले स्वास्थ्यमा अन्य पनि धेरै फाइदा गर्छ ।

यसरी घरैमा बनाउनुहोस्

–  पाकेको दुई वटा टमाटर लिने 

– आधी चम्चा धुलो मरीच र दुई चम्चा मह लिने

– टमाटरलाई मज्जाले पिस्ने

–  पिसेको टमाटरको रसमा रस र मरीचको धूलो राखी मज्जाले घोल्ने ।

– यसरी तयार गरिएको जुसलाई गिलासमा राख्ने र त्यसमा दुई चम्चा मह हाल्नुहोस । अब जुस तयार हुन्छ । यस्तो जुस प्रत्येक दिन बिहान खाली पेटमा पिउनुस् । यसो गर्दा तपाईँको शरीरको मोटोपना घट्दै जान्छ ।