बिहान खाली पेटमा के के नखाने ? जानाैँ !

बिहान खाली पेटमा थोरै थोरै खाना खानुपर्छ । बिहान खाने खानेकुराले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित बताउँछ । गलत खानेकुराले पाचन प्रक्रियामा समस्या पैदा गर्छ । 

त्यसैले बिहान केही यस्ता खानेकुरा खानुहोस् जसले तपाईँको स्वास्थ्यलाई स्वस्थ्य राख्छ । यसका लागि खानपानको तौरतरिका तथा समय मिलाउनु पनि जरुरी हुन्छ । अन्यथा स्वस्थकर खानेकुराले पनि नोक्सान पुर्‍याउँछ । जानकारहरूका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन ।

दही:  पेटका लागि निकै उपयोगी खानेकुरा हो । गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन्छ ।

केरा:  पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ । यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ । बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ ।

चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन । किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ ।

अमिला फलफूल:  अधिकांशले रुचाउँछन् । तीमध्ये सुन्तला त धेरैको प्रिय मानिन्छ । खाली पेट खायो भने मानव शरीरका लागि विष बन्न सक्छन् । त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन् ।

चिया वा कफी: चिया वा कफी पिउनु नेपाली संस्कृति नै बनेको छ । त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ । यसले शरीरलाई रिल्याक्स अनुभव गराउँछ । खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ ।

खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा असर पुर्‍याउँछ।