विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर, युरो, पाउन्ड र कुबेती दिनारको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, युरो, पाउन्ड र कुबेती दिनारसहितका धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। त्यसैगरी अस्ट्रेलियन डलर, मलेसियन रिंगेटसहित केही मुद्रा भने महँगिएका छन्।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा छ। विगत चार दिनसम्म स्थितर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। 

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५५ पैसा कायम भएको छ।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३४ पैसा र बिक्रीदर ९० रुपैयाँ ७५ पैसा निर्धारण भएको छ।  राष्ट्र बैंकका अनुसार आजको लागि साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा कायम भएको छ। त्यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा कायम भएको छ। 

आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा कायम भ। आज मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा कायम भएको छ।

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २४ पैसा कायम भएको छ। 

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५३ पैसा कायम भएको छ।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ३८ पैसा कायम भएको छ। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची