वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

सहकारी ठगीमा रवि दोषी, अब धनराज र ऋषिकेशमाथि पनि छानबिन गर 

अनेक अड्कलबाजीकाबीच सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा  मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रबि लामिछानेलाई दोषी करार गरेको छ।   सूर्यदर्शन सहकारीसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको समितिले रास्वपा सभापतिसमेत रहेका रबि, अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशीमाथि कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेको छ। समितिको प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ।

https://barnanmedia.com/news/detail/194307/

१६ महिना के के गर्लान् सर्वाेच्चमा राउतले ?

औसत क्षमताका बरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत नेपालको न्यायालयको प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । घरायसी विवाद बाहेक राउतलाई कसैले कुनै दाग लगाउन सकेका छैनन । शुक्रबारको सिफारिस संसदीय सुनुवाई समितिबाट टुंगो लागेमा उनी १६ महिना सर्वाेच्च अदाालतको नेतृत्वमा बस्नेछन् र समग्र न्यायाधलयको नेतृत्व गर्नेछन् ।   दुईदिन अघि थप अध्ययन गर्नुपर्ने भनेर थन्काइएका राउत एकाएक दुईदिनपछि नै फेरी चमत्कारीक रुपमा सिफािरस भएका कारण जे विषयमा अत्तो परेको थियो त्यो विषय राजनीतिक रुपमै समाधान भएको हो कि भन्ने चर्चा पनि चलिरहेको छ ।

https://barnanmedia.com/news/detail/194328/

रवि तत्काल पक्राउ नपर्ने, जीवनभर अभियोगले नछाड्ने !

संसदीय छानबिनबाट रवि लामिछानेले सफाइ पाएको भन्दै रास्वपाका नेतादेखि कार्यकर्तासम्मले विजयोत्सव मनाइरहेका छन् । स्वयं रवि लामिछाने पनि मूल अभियोगमा सफाइ पाएकाले गोर्खा मिडियाका कारण बेहोर्नुपर्ने कुरा बेहोर्न तयार रहेको बताइरहेका छन् । हो, संसदीय समितिले रवि लामिछानेका नाममा सूर्यदर्शन सहकारीदेखि सहारा, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको ऋण प्रवाह भएको भन्नेबारे प्रमाण नभेटिएको भनेको छ । रवि लामिछानेको खातामा गएको, उनका नाममा ऋण प्रवाह भएको भनेर देखिएको विवरणमा प्रहरीले अनुसन्धान गरी पत्ता लगाउनुपर्ने र यिनै रवि लामिछाने हुन् भन्ने यकिन नदेखिएको समितिको निष्कर्ष छ ।

 https://barnanmedia.com/news/detail/194341/ 

\सरकारसँग हात थापेर नबसौं, आफैँ अघि बढौं: अरुणकुमार सर्राफ (भिडियो)

अरुण सर्राफको विचारोत्तेजक मन्तव्य– पर्यटनका लागि हामीसँग प्रकृति र संस्कृतिको वरदान छ, हात थापेर नबसौँ नेपालमा याक एन्ड यती र ह्यात रिजेन्सीलगायतका होटल खोलेर नेपालमा पर्यटन व्यवस्था तथा अतिथि सत्कारको क्षेत्रमा पायोनियर बन्न पुगेको परिवार हो, सर्राफ परिवार । राधेश्याम सर्राफले झण्डै ७५ वर्षअघि बसालेको जगमा उनका छोरा अरुण सर्राफले नेपालको पर्यटन उद्योगमा राष्ट्रले नै गर्व गर्नलायक छवि निर्माण गरेका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमै नेपालको स्वागत सत्कार क्षमतालाई उनले नयाँ उचाइमा टेकाएका छन् । तिनै अरुण सर्राफले नेपालका नीति निर्मातादेखि अग्रणी पर्यटन उद्योगीहरूको बीचमा विचारोत्तेजक मन्तव्य दिए । 

https://barnanmedia.com/news/detail/194427/ 

माओवादी केन्द्र प्रवास प्रदेशको बैठक सुरु

 नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेश समितिको परामर्श बैठक आजदेखि सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय पदाधिकारी र विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच श्रव्यदृश्यका माध्यमबाट बैठक सुरु भएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै प्रवास प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहेको छ । बैठक सुरुआत गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले रुपान्तरण सम्भव भएको र यसको विकल्प नभएको बताउनुभयो । “माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छन्, संविधानमाथि हमला हुन्छ,” उहाँले भन्नुभयो, “परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।” अध्यक्ष दाहालले अब सम्पूर्णरूपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताउनुभयो ।

प्रदेश संरचनालाई थप सबल बनाउँदै लैजानुपर्छःसभापति देउवा

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचनालाई थप सबल बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।    संविधान दिवसको अवसरमा नेपाली कांग्रेस कानुन विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधानको एकदशक कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले हाल देसखएका समस्या र कमजारीलाई सुधार्दै प्रदेश संरचनालाई बलियो बनाउन लाग्नुको विकल्प नरहेको बताउनुभएको हो । उहाँले सबै जातजातीलाई मूलप्रवाहीकरण गर्न समानुपातिक समावेशीताको सान्दर्भिकता रहेको भन्नुहुँदै यस व्यवस्थालाई पनि थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । “कतिपय समुदायलाई समानुपातिक प्रतिनिधित्व गर्नैपर्ने बाध्यता छ । यो देश सबैको हो, त्यसैले समावेशी सिद्धान्तका आकारमा सबै जातजातिलाई राज्यको मूल शासनप्रणालीमा ल्याउन पनि यो समानुपातिक समावेशी प्रणालीको आवश्यकता छ”, सभापति देउवाले भन्नुभयो ।

मतदानको १० वर्षपछि पनि अधिकांश स्कटहरू स्वतन्त्रताको विरोधमा

पछिल्लो स्वतन्त्रता जनमत सङ्ग्रहको १० वर्षपछि मङ्गलबार प्रकाशित नयाँ सर्वेक्षणअनुसार अधिकांश स्कटहरू संयुक्त अधिराज्यको हिस्सा बनिरहन पुनः मतदान गर्नेछन् ।  सन् २०१४ सेप्टेम्बर १८ मा भएको मतदानमा ‘स्कटल्यान्ड स्वतन्त्र मुलुक हुनुपर्छ ?’ भन्ने प्रश्नमा करिब ५५ प्रतिशतले ‘हुन्न’ भन्ने जवाफ दिएका थिए भने ४५ प्रतिशतले ‘हुनुपर्छ’ भनेका थिए । एक दशकपछि सर्वेक्षणकर्ता युगभ (YouGov) ले समान विभाजनको खुलासा गरेको छ । सर्वेक्षणमा ५६ प्रतिशतले यथास्थितिमा रहनका लागि मतदान गर्ने र ४४ प्रतिशतले स्कटल्यान्ड एक्लै जानेमा समर्थन गर्ने बताएका छन् । 

बंगलादेशको अन्तरिम सरकारका प्रमुख नेपालसँगको ऊर्जा सहकार्य अघि बढाउन तयार

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. डा. मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्य अघि बढाउन आफू तयार रहेको बताएका छन् । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँगको भेटमा युनुसले दुई देशलाई पारष्परिक लाभको क्षेत्रमा हुने ऊर्जा सहकार्यलाई चाँडै अघि बढाउनुपर्ने विषयमा जोड दिएका हुन् भेटमा राजदूत भण्डारीले बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको बधाइपत्र पनि युनुसलाई हस्तान्तरण गरेका थिए ।

गर्भावस्थाको शुरुवाती महिनामा ध्यान दिनपर्ने कुराहरू, जानाैँ !

गर्भावस्थाको शुरुवाती महिनामा केही कुरा ध्यान दिन जरुरी छ । एक अध्ययनका अनुसार ८० प्रतिशत गर्भपात ० देखि १३ हप्ताको बीचमा हुने बताइएकाे छ । गर्भावस्थाको प्रारम्भिक महिनाहरूमा आमा र बच्चाको अतिरिक्त हेरचाह आवश्यक हुने अध्ययनले जनाएकाे छ। यस समयमा थोरै लापरवाहीले धेरै समस्या निम्त्याउन सक्ने अध्ययनले जनाएकाे छ । आमा बन्नु जति सुन्दर अनुभूति हो त्यति नै कठिनाइले भरिएको पनि हुन्छ । गर्भावस्थाले महिलाको शरीरलाई असर गर्छ। ९ महिनासम्म आमाले विभिन्न प्रकारका शारीरिक तथा मानसिक समस्याको सामना गर्नुपरेको छ । गर्भावस्थाको प्रारम्भिक महिनाहरू धेरै नाजुक हुन्छन्। गर्भवती भएपछि महिलालाई ३ महिनासम्म थप हेरचाह चाहिन्छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट दिए राजीनामा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका छन्।केजरीवालले लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनालाई आफ्नो राजीनामा बुझाए। आम आदमी पार्टी (एएपी) का नेता गोपाल राय। "जेलबाट बाहिर आएपछि अरविन्द केजरीवालले घोषणा गरेका थिए कि दिल्लीका जनताले उनलाई फेरि समर्थन नगरेसम्म उनी मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैनन्।""दिल्लीभित्र सरकार चलाउनका लागि बिहान आम आदमी पार्टीको विधायक दलको बैठकमा आतिशी सर्वसम्मतिले निर्वाचित भइन्।

संविधान संशोधनमा महिलाका मुद्दा

 नेपालमा यतिबेला संविधान संशोधनको औचित्य र सान्दर्भिकताबारे बहस भइरहेको छ ।  संविधानसभाले निर्माण गरेको नेपालको नयाँ संविधान जारी भएको आठ वर्ष पूरा भइसकेकाले संशोधनको बहस हुनु अस्वभाविक होइन । सामान्यतया संविधान जारी भएको १० वर्षभित्र संशोधन गर्ने परम्परा छ । ठूला दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको समीकरण पनि संशोधनकै लागि भएको दावा गरिएको छ । विधानको धारा २७४ मा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने तर अन्य विषयमा प्रक्रिया पु¥याएर संशोधन गर्न सकिने उल्लेख भएकाले संशोधनमा प्रशस्त गृहकार्य गर्नुपर्ने स्पष्ट छ । 

अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित

सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।  यसअघि बैठकमा उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य गीतादेवी माल, जानकी ऐर बम र नरेशकुमार शाहीले भाग लिनुभएको थियो ।

चिकित्सकको बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि कोलकातामा भारतीय प्रहरी प्रमुख बर्खास्त

कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रुर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि सहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन्  अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकिस्तकको रगतले लतपतिएको शव फेला परेपछि महिला विरुद्ध हिंसाको दीर्घकालीन मुद्दालाई लिएर देशव्यापी आक्रोश सिर्जना भएको छ ।

अमेरिकी हवाई कम्पनी युनाइटेडले सबै उडानहरूमा नि:शुल्क स्टारलिंक वाईफाई यात्रुहरुलाई प्रदान गर्ने

अमेरिकी हवाई कम्पनी युनाइटेडले सबै उडानहरूमा नि:शुल्क स्टारलिंक वाईफाई यात्रुहरुलाई प्रदान गर्ने भएको छ। युनाइटेडले आफ्नो स्टारलिंक वाईफाई (Starlink Wi-Fi) सेवालाई एयरलाइनको मुख्य लाइन र क्षेत्रीय विमान फ्लीटमा ल्याउन स्पेसएक्ससँग नयाँ इनफ्लाइट कनेक्सन सम्झौतामा हस्ताक्षर गरेको छ।कनेक्टिभिटी बोर्डमा नि:शुल्क उपलब्ध गराइनेछ। योजना गेट-टू-गेट कनेक्टिभिटी, व्यक्तिगत डिभाइसहरू र सिटब्याक स्क्रिनहरूमा प्रयोग गरिने बताईएको छ।

पत्रकार ऋषि धमलाविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा

पत्रकार क्रृषि धमलाविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर भएको छ । प्राइम एचडी  टेलिभिजनमा प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमले पुर्याएको क्षति वापत १० करोडको दाबी गर्दै व्यापारी राधेश्याम खड्काले मुद्दा दर्ता गराएका हुन् ।  आफूलाई ठगको संज्ञा दिँदै धमलाले भदौ १७ गते काठमाण्डौं जिल्ला अदालतमा फिरादपत्र दायर गरेका हुन् । कात्तिक २१ गतेका लागि पेशी तोकिएको दर्ता नम्बर ०८१ सीचार १०२२ को मुद्दामा धमलाले टेलिभिजन कार्यक्रममा इमान विष्टलाई उपस्थित गराएर आफ्नो सार्वजनिक गाली बेइज्जती गराएको खड्काको दाबी छ ।

नेपालबाट भारततर्फ लागूऔषध तस्करी, तस्करी गर्नेमा नेपाली

 नेपालबाट भारततर्फ लागूऔषध चरेस र अफिम तस्करी गर्ने नेपाली भारतमा निरन्तर पक्राउ पर्दै आएका छन्।  नेपाली नाका सहज रुपमै पार गरेर भारतीय नाकामा पुगेपछि भारतीय सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गर्दै आएका छन्।   केही दिन अघि मात्रै दुई किलो १६० ग्राम लागूऔषध अफिमसहित दुई जना नेपालीलाई नाका पारी रुपैडिहामा पक्राउ गरिएको घट्ना सेलाउन नपाउँदै फेरि आधा किलो चरेससहित एक जना नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ।  प्रतिबन्धित लागुऔषध चरेशसहित एक नेपाली महिला भारतीय सीमावर्ती बजार रुपैडिहामा पक्राउ परेको रुपैडिहा प्रहरीले जनाएको छ।  

एसियन च्याम्पियन्स ट्रफी हक्की प्रतियोगिताको उपाधि भारतलाइ

एसियन च्याम्पियन्स ट्रफी हक्की प्रतियोगिताको उपाधि भारतले जितेको छ। मंगलबार चीनको मोकी हक्की ट्रेनिङ बेसमा भएको फाइनल खेलमा चीनलाई १–० ले हराउँदै भारतले उपाधि जितेको हो।भारतका लागि अन्तिम क्वार्टरमा जुगराज सिंहले एक मात्र गोल गरे। यसअघि सेमिफाइनलमा दक्षिण कोरियालाई ४–१ ले हराएर भारत फाइनलमा पुगेको थियो। यस्तै चीन सेमिफाइनलमा पाकिस्तानलाई २–० ले हराउँदै फाइनलमा पुगेको थियो। 

भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका छन् । केजरीवालले राज्यका उपराज्यपाललाई आफ्नो राजीनामा बुझाएका हुन् ।​ केजरीवालले राजीनामा दिएसँगै आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले मुख्यमन्त्रीको दाबी समेत पेश गरेकी छन् । केजरीवाल र आतिशी दुवैले उपराज्यपाललाई सँगै भेट गरेको आम आदमी पार्टीले जानकारी दिएको छ  यस अघि आजै बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरि जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए ।