एसियन च्याम्पियन्स ट्रफी हक्की प्रतियोगिताको उपाधि भारतलाइ

एसियन च्याम्पियन्स ट्रफी हक्की प्रतियोगिताको उपाधि भारतले जितेको छ।

मंगलबार चीनको मोकी हक्की ट्रेनिङ बेसमा भएको फाइनल खेलमा चीनलाई १–० ले हराउँदै भारतले उपाधि जितेको हो।भारतका लागि अन्तिम क्वार्टरमा जुगराज सिंहले एक मात्र गोल गरे।

यसअघि सेमिफाइनलमा दक्षिण कोरियालाई ४–१ ले हराएर भारत फाइनलमा पुगेको थियो। यस्तै चीन सेमिफाइनलमा पाकिस्तानलाई २–० ले हराउँदै फाइनलमा पुगेको थियो।