सामाजिक सञ्जालमा हातहतियार देखाएर त्रास सिर्जना गर्ने युवा पक्राउ

 सामाजिक सञ्जालमा हातहतियार देखाएर त्रास सिर्जना गर्ने युवा पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा हातहतियार देखाउँदै अराजक गतिविधि गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले मंगलबार वीरगञ्ज–प्रतिमा चोकबाट पक्राउ गरेको हो ।सामाजिक सञ्जालमा किङ पर्सा नामबाट अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रास सिर्जना गर्नेलगायत अराजक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।