हामीमाथि ठूलाे प्रहार र आक्रमण हुन सक्छ, तयार रहनुस् : रवि लामिछाने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूलाई निरन्तर प्रहार भइरहेकाले त्यसको सामनाका लागि तयार रहन नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरूलाई अझै समस्याले नछाडेको बताए ।

उनले भने, ‘आज हामी यस्तो मोडमा उभिएका छौं । छोटो समयमा राजनीतिक पार्टीको जीवनमा हुनुपर्ने नहुनुपर्ने सबै घटनाक्रमको चाङमाथि उभिएर बसेका छौं । यो यात्रामा हामीले अनैकौं भोग्नुपर्‍यो । हामीलाई कुनै समस्याहरूले छाडेको छैन । तर, ती समस्याहरूमा हाम्रो भूमिका छैन । हाम्रो आगमन नै अरुका लागि समस्या भयो त हामी के गरौं ?’

उनले रास्वपाले आफ्नो नेतृत्वको सरकार बनाएर देश नहाँकेसम्म अहिले देखिएको समस्याको समाधान नहुने बताए ।

रविले थपे, ‘रास्वपाले बहुमत वा दुईतिहाइ ल्याएर देश नहाँकेसम्म समस्या भइरहन्छ । हामी सानो लडाइँको लागि यहाँ जम्मा भएका होइनौं । हामीले चाल्ने कदम पनि ठूलै हुन्छ र हामीमाथिको प्रहार र आक्रमण पनि ठूलै हुन्छ । त्यहीअनुसार तयार रहनुस् ।’