भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन

 ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १ अर्ब १३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ ।

सोमबार भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापा, सूर्यविनायक नगरपालिकाका उप-प्रमुख सरिता तिमसिना (भट्टराई) र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा सो भवनको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरू पनि उपस्थित थिए ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तल्ले भवनको निर्माणमा सहयोग गरिएको भारतीय राजदूतावासले जनाएको छ ।