सहकारी अनियमितता प्रकरणमा सभापति रवि लामिछाने निर्दोष साबित:रास्वपा नेता खनाल

काठमाडौँ १ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता शिशिर खनालले सहकारी अनियमितता प्रकरणमा सभापति रवि लामिछाने निर्दोष साबित भएको बताएका छन् । 

काठमाडौँमा जारी पार्टीको राष्ट्रिय भेलामा उनले भने– 'अब चोकमा, चिया पसलमा जाँदा शिर ठाडो पारेर मेरो सभापति रवि लामिछाने निर्दोष साबित हुनुभयो भन्नुहोस् । सहकारी छानबिन संसदीय समितिले सहकारी घोटालामा उहाँको कुनै भूमिका नरहेको प्रस्ट पारेको छ ।' 

सहकारी छानबिन समितिको प्रतिवेदनबारे संक्षिप्त ब्रिफिङ गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेलाई लगाइएको आरोपमा तथ्य छैन भन्दा पनि समाचार लेख्न नछोडिएको उनले उल्लेख गरे । 

उनले भने– 'अब ८७ अर्बको बेथिति कसले गर्‍यो  ? चिया पसलदेखि संसद् भवन सम्म त्यो पैसाको खोजी रास्वपाले गर्नेछ । '