रवि तत्काल पक्राउ नपर्ने, जीवनभर अभियोगले नछाड्ने !

काठमाडौँ, १ असोजः संसदीय छानबिनबाट रवि लामिछानेले सफाइ पाएको भन्दै रास्वपाका नेतादेखि कार्यकर्तासम्मले विजयोत्सव मनाइरहेका छन् । स्वयं रवि लामिछाने पनि मूल अभियोगमा सफाइ पाएकाले गोर्खा मिडियाका कारण बेहोर्नुपर्ने कुरा बेहोर्न तयार रहेको बताइरहेका छन् ।

हो, संसदीय समितिले रवि लामिछानेका नाममा सूर्यदर्शन सहकारीदेखि सहारा, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको ऋण प्रवाह भएको भन्नेबारे प्रमाण नभेटिएको भनेको छ । रवि लामिछानेको खातामा गएको, उनका नाममा ऋण प्रवाह भएको भनेर देखिएको विवरणमा प्रहरीले अनुसन्धान गरी पत्ता लगाउनुपर्ने र यिनै रवि लामिछाने हुन् भन्ने यकिन नदेखिएको समितिको निष्कर्ष छ ।

यसकारण तत्कालै रवि प्रहरीबाट पक्राउ नपर्न सक्छन् । तर, उनको आगामी राजनीतिक र सामाजिक जीवनलाई असर गर्ने पर्याप्त विषय छानबिन प्रतिवेदनमा उल्लेख गरिएका छन्, जुन कुरा रवि र रास्वपा दुवैले स्वीकार गरेका छन् ।  प्रतिवेदन अनुसार उनले सहकारीको रकम गैरकानुनी तवरमा कम्पनीमा परिचालन गरेका छन् । त्यति ठूलो रकमको वैधानिक स्रोतबारे सोधीखोजी वा विमति दर्ज गरेका छैनन् । लेखापरीक्षण प्रतिवेदनमा झुटो विवरण लेखाएका छन् ।

कानुनमा प्रबन्ध नै नभएको र कुनै लिखत नरहेको स्वेट सेयरको दाबी लिएर उम्किन खोजेका छन् । नक्कली किर्ते कारोबार देखाएर कम्पनी रजिस्ट्रार कार्यालयमा सेयर लेनदेन गरेका छन् । आफैले नेतृत्व गरेको कम्पनीलाई कुशासनमा डुबाएका छन् । नक्कली कारोबार गरी राजस्व छली गरेका छन् । अनि कानुनको गम्भीर उल्लंघन र कम्तीमा ६५ करोड अपचलनमा रवि प्रत्यक्ष संलग्न हुँदा पनि थाहा छैन भनेर उम्किने प्रयास गरेको समितिको निष्कर्ष छ र प्रतिवेदनमा भनिएको छ– यति ठूलो गल्तीमा थाहा छैन भनेर उम्किन पाइँदैन । उत्तरदायी बन्नैपर्छ र बनाइनैपर्छ।

समितिले सोमबार प्रतिनिधि सभाको बैठकमा पेस गरेको प्रतिवेदनमा विभिन्न सहकारीको ६५ करोड ५४ लाख ४ हजार ५३८ रूपैयाँ गोरखा मिडियामा परिचालन भएको र त्यो गैरकानुनी रहेको ठहर गरिएको छ । अब पनि रविले आफू चोखो भनेर दाबी गर्दै हिँडे र गोर्खा मिडियाको मुद्दा निष्कर्षमा पुर्‍याउन सघाएनन् भने जीवनभर उनले यही अभियोग बोकेर हिँड्नुपर्नेछ । 

रवि लामिछानेले गरेका बदमासी केके हुन् त ? समितिको निष्कर्ष यस्तो छ– 

सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायतका कम्पनीहरूमा रकम प्रवाह भएको देखिन्छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि., सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि., स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. बाट जम्मा रू. ६५,५४,०४,५३८ रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रवाह भएको देखिन्छ। कतिपयले कम्पनीलाई सापटीका रूपमा, कतिमा कम्पनीलाई ऋणका रूपमा, कतिमा सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिमा कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो। जुन विधि वा मार्ग अपनाइएको भए तापनि ती कारोबारहरू कानुनसम्मत देखिएनन्। सहकारीको बचत रकम सदस्यबाहेकमा कारोबार हुने वा रकम प्रवाह हुने परिकल्पना कानुनतः गरेको देखिँदैन। कानुनको एउटा मान्य सिद्धान्त के रहेको छ भने कानुनको अज्ञानता क्षम्य हुँदैन। तसर्थ, सहकारीबाट कुनै पनि कम्पनी वा गोरखा मिडिया नेटवर्क प्रालिमा सिधा रकम प्रवाह हुनु गैरकानुनी हो।

गोरखा मिडिया नेटवर्क प्रालिमा रकम पठाउने सहकारी संस्थाका मुख्य जिम्मेवार एवं पाउने संस्था गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष समेत रहेका गितेन्द्रबाबु राईलाई समितिले बुझ्ने र सुन्ने कोशिस गरेको भए तापनि पूरा हुन पाएन। सहकारी संस्थाबाट प्रवाह भए बमोजिम नै गोरखा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा भएको रकमलाई गोरखा मिडिया नेटवर्क प्रालिको लेखापरीक्षण प्रतिवेदनले भने सहकारीबाट आएको रकमका रूपमा स्वीकार गरेको देखिदैन। लेखापरीक्षण प्रतिवेदनले उक्त रकमहरूलाई गितेन्द्रबाबु राईले छोटो अवधिको लागि दिएको निर्व्याजी सापटीका रूपमा उल्लेख गरेको छ। यद्यपि गोरखा मिडिया नेटवर्क प्रालिमा रहेको गितेन्द्रबाबु राईको ऋण खातामा रकम आउने जाने भैरहेको देखिन्छ।

गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सोधपुछका कममा सहकारीबाट कम्पनीमा रकम आएको सम्बन्धमा आफूलाई जानकारी नभएको र सो सम्बन्धमा गितेन्द्रबाबु राईलाई थाहा हुने उल्लेख गर्नुभएको दखिन्छ। अर्का तत्कालीन सञ्चालक छविलाल जोशीले रकम आएको समबन्धमा गितेन्द्रबाबु राई वा रवि लामिछानेलाई थाहा हुने उल्लेख गर्नुभएको छ।

तर उक्त समयका प्रालिको आन्तरिक प्रशासान सञ्चालनमा आफ्नो भूमिका रहेको कुरा रवि लामिछानेले समितिमा खुलाउनुभएको र सो समयमा निजले सम्पादन गरेका कामहरूको विवरण समेतबाट देखिन्छ। सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्क प्रालिमा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिए तापनि सोही रकम गोरखा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ।

गोरखा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमइ बैङ्कमा भएको खातामा अध्यक्ष गितेन्द्रबाबु राईसहित रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षर रहेको र तीनमध्ये एकजनाको हस्ताक्षरमा चेक काटिन सक्ने अर्थात् खाता चल्ने देखिएबाट तिनै जनाले गोरखा मिडिया नेटवर्क प्रालिको आन्तरिक वित्तीय परिचालनको अधिकार राखेको देखिन आयो। बैंकमा खाता खोल्दाका बखत पेस गरिएको KYC विवरण र दस्तखत नमूना कार्डमा तीनमध्ये एक जनाको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रबन्ध रहेको छ। समितिमा प्राप्त चेकहरूमा रवि लामिछानेका एकल हस्ताक्षरका जारी चेकहरू धेरै रहेका छन्। हस्ताक्षरलगायतको सम्पूर्ण प्रक्रियामा सहमति रहनु, आन्तरिक प्रशासन सञ्चालनमा प्रभावकारी भूमिका रहनु, सञ्चालकमध्येका रबी लामिछानेको नामबाट लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित Equity Share Capital शीर्षकमा रकम समेत जम्मा भएको देखिनु र समितिसमक्ष सोधपुछका कममा उक्त रकम पेश्की लिई जम्मा गरेको हुँ भन्ने व्यहोरा लेखाए तापनि पेश्की लिएको खुल्ने आधार प्रमाण पेस गर्न सकेको नदेखिएको समेतको आधार प्रमाणबाट निज सञ्चालकहरू कम्पनीको जिम्मेवार भूमिकामा रहनुभएको देखिन्छ।

कम्पनी चलाउने रकम के-कहाँबाट आउछ ? कसरी आउछ ? कति आउँछ ? भन्ने कुरा खाता सञ्चालन गर्ने सञ्चालकले जान्ने र बुझ्ने नै अवस्था हुने तथा निजहरूमध्ये कसैले रकमको स्रोतमाथि प्रश्न गरी कुनै विमती वा फरक मत दर्ज गराएको अवस्थासमेत रहे/भएको नदेखिएको हुँदा निज सज्नालकद्वय रवि लामिछाने र छविलाल जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेवापत सिर्जना हुने उत्तरदायित्व बहन गर्नु पर्ने देखिन्छ।

कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेखअनुसार लामिछाने र जोशी दुवैजनाले सेयर खरिद गरी कम्पनीमा प्रवेश गरेको र सेयर बिक्री गरी कम्पनी छाडेको भन्ने देखिन्छ। यद्यपि उहाँहरूको समितिसमक्षको जवाफमा आफूहरूले पैसा नलिए-नदिएको भनी खुलाउनुभएको छ। सेयर खरिद बिक्री गर्दाका बखत कार्यालयमा पेश गरिएका कागजात एवं तिनमा भएका हस्ताक्षरको सम्बन्धमा भने दुवै जनाले कुनै असहमति जनाएको वा उक्त दस्तखत आफूले गरेको होइन भनी भनेको अवस्था छैन। कार्यालयको प्रमाणित अभिलेख अनुसार निजहरू दुवै जना सेयर रकम लगानी गरी सञ्चालकको भूमिकामा रहेको देखिन आउँछ।

सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहनुभएका रवि लामिछानेले आफूलाई स्वेट सेयर दिएको भनी बताए तापनि प्रथमतः स्वेट सेयरसम्बन्धी कानुनी प्रबन्ध नेपालमा रहे वा भएको नदेखिएको तथा निज सञ्चालकहरूका बीचमा एकापसमा स्वेट सेयर लिनेदिने सम्बन्धमा कुनै सम्झौता भएको लिखत प्रमाणसमेत रहे भएको अवस्था देखिँदैन। समितिसमक्ष सोधपुछका क्रममा निज लामिछानेले सेयर सम्बन्धी प्रबन्ध निज गितेन्द्रबाबु राईले गर्ने सहमति भएको थियो भनी खुलाएको बेहोरा निजकै कथनबाहेक अर्को कुनै प्रमाणबाट समर्थित भएको अवस्था देखिँदैन।

अर्कोतर्फ करारसम्बन्धी प्रचलित कानुनअनुसार कानुनतः पालना गराउन नसकिने गरी भएको करार बदरभागी हुने अवस्था समेतका आधारमा गोरखा मिडिया नेटवर्क प्रालिमा भएका तत्समयका कारोबार र दायित्वका विषयबाट अध्यक्ष गितेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक सदस्य छविलाल जोशीले कम्पनीमा बहाल रहेको अवधिसम्मका लागि जिम्मेवारी र दायित्व लिनु