विश्वकप लिग–२ : नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गरिरहेको छ । ८ औं ओभरको खेल सकिँदा क्यानडाले एक विकेट गुमाएर १७ रन बनाएको छ ।

७ औं ओभरमा बलिङ गर्न आएका ललित राजवंशीले पहिलो बलमा नै विकेट लिए । १६ बलको सामना गरी १० रन बनाएका क्यानडाका ओपनर ब्याट्सम्यान आरोन जॉनसनलाई ललितले कप्तान रोहितको हातबाट क्याच आउट गराएका हुन् ।