एसियन हक्की च्याम्पियन्स : भारत फाइनलमा

दक्षिण कोरियालाई हराउँदै भारत एसियन हक्की च्याम्पियन्स ट्रफी २०२४ को फाइनलमा पुगेको छ।

सोमबार भएको सेमिफाइनलमा भारतले दक्षिण कोरियालाई ४–१ गोल ​​अन्तरले हराएको हो। भारतका लागि हरमनप्रीत सिंहले दुई गोल गरे भने उत्तम सिंह र जर्मनप्रीत सिंहले एक÷एक गोल गरे। दक्षिण कोरियाका लागि याङ जिहुनले एक गोल गरे।

अब फाइनलमा भारत मंगलबार चीनसँग भिड्नेछ। चीन यसअघि भएको सेमिफाइनलमा पाकिस्तानलाई २–० ले हराउँदै फाइनलमा पुगेको हो। भारतले दक्षिण कोरियाभन्दा अगाडि पाकिस्तान, चीन, जापान र मलेसियालाई हराएको थियो। 

यस प्रतियोगितामा भारतले अहिलेसम्म एउटा पनि खेल हारेको छैन।