प्रतिनिधिसभामा लगातार १० भन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक

प्रतिनिधिसभामा लगातार १० भन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरिएको छ ।  सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले १४ सांसदको बिदाबारे जानकारी गराएका हुन् । आज राति १२ बजेबाट संसद्को अधिवेशन अन्त्य हुने भएकाले अनुपस्थित सांसदबारे जानकारी गराइएको हो । 

प्रतिनिधिसभाको चौथो अधिवेशन १३० दिन चलेको थियो । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बिदा बसेका सांसदको मात्रै जानकारी गराउँदा गलत सन्देश जाने भन्दै उपस्थित सांसदहरूका बारेमा पनि जानकारी गराउन ध्यानाकर्षण गराएका थिए ।