सुदूरपश्चिमका तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

सुदूरपश्चिमका तीन जिल्लामा शनिबारदेखि अवरुद्ध भएको नेपाल टेलिकमको सेवा अझै सुचारु भएको छैन् ।

बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा शनिबार दिउँसोदेखि अवरुद्ध रही आएको छ ।बैतडीको अनारखोलीमा अप्टिकल फाइबर ब्रेक भएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक मारमा परेका छन् । टेलिकमको सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क टुटेको धेरै ग्राहकहरुले गुनासो गरेका छन् ।