बारामा बस दुर्घटना हुँदा ४३ जना घाईते, ८ जनाकाे अवस्था गम्भीर

बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाईते भएका छन्।

दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे जानकारी दिए।

उनका अनुसार गएराति एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बसको पट्टा भाँचिए पछि अनियन्त्रित भएर पुलबाट ८ मिटर तल खसेको थियो। घाइते सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।