दोलखामा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका–४ कोठेडाँडा स्थित जुगु झ्याकु भित्री कच्ची सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन्।सिंगटीबाट झ्याकुतर्फ जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो।दोलखाको गौरीशंकर गाउँपालिका–३ बस्ने वर्ष अन्दाजी ७५ कि काली शेर्पा र सोही स्थानकी अन्दाजी वर्ष ६० की पसि शेर्पाको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।

घाइते हुनेहरूमा सोही स्थानका वर्ष ३५ को निङमा शेर्पा (बायाँ खुट्टा र निधारमा चोट अबस्था मध्यम), वर्ष ६० को निङमार तामाङ (चालक), वर्ष ६५ की अनसु शेर्पा, र वर्ष २२ की डम्मा शर्पा रहेका छन्।दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिँगटीबाट प्रहरी निरिक्षकको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा खटि घाइतेको उद्धार गरेर अस्पताल पठाएको थियो।

दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।