काठमाडौँको धोबिखोलामा ट्याक्सी बग्याे, चालकलाई शकुसल उद्धार

 

काठमाडौँको अनामनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी चालकलाई प्रहरीले उद्धार गरेको छ ।

चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई उद्धार गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ललितपुरका एकान्तकुना बस्ने उनी ट्याक्सी लिएर बिजुलीबजार हुँदै एकान्तकुनातर्फ जाँदै थिए । धोबिखोलाले बा.२ ज १७९२ नम्बरको ट्याक्सी केही मिटर बगाएको छ । चालकको अवस्था सामान्य छ ।