काभा महिला भलिबल क्लब च्याम्पियनसिप : नेपाल पुलिस क्लबकाे विजयी सुरुवात

 नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

माल्दिभ्सको मालेमा आइतबारदेखि सुरु भएको च्याम्पियनसिपमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले हुमोमाथि २५–१९, २७–२५, २५–१९ को जित निकालेको हो ।

नेपालको लिग विजेताका रुपमा क्लब च्याम्पियनसिप खेलेको पुलिसले सोमबार श्रीलङ्काको पुलिस क्लब, मङ्गललबार ताजकिस्तानको क्लब र चौथो तथा अन्तिम खेल बिहीबार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।