स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुने

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते आइतबार उपचुनाव गर्ने निर्णय गरेको हो।

मन्त्रिरिषद् बैठकले निर्वाचन आयोजका पदाधिकारीसँगको छलफलपछि आयोगकै सुझावका आधारमा उपनिर्वाचनको मिति घोषणा गरेको हो। 

तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छन्। काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि खाली भएको छ।