सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

सर्वोच्च अदालतको कारबाही लाइभ (प्रत्यक्ष प्रशारण) गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ ।

  कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले आइतबार पेस गरेको रिट निवेदन आइतबार सर्वोच्च अदालतले दर्ता गरेको हो ।रिटमाथिको पेसी सोमबारका लागि तोकिएको छ ।  न्यायिक पारदर्शिता र जनतामा न्यायको पहुँचको उद्देश्य राखेर रिट निवेदन पेस गरिएको चौधरीले जानकारी दिए ।  

निवेदकहरूले अदालतको कारवाहीलाई प्रत्यक्ष प्रसारण गर्नु न्यायिक प्रणालीको आमूल परिवर्तनको लागि अपरिहार्य रहेको समेत रिटमा उल्लेख गरेका छन् ।  रिट निवेदनमा विश्वका प्रमुख लोकतान्त्रिक मुलुकहरू जस्तै भारत, अमेरिका, ब्राजिल, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया लगायतका देशहरूमा सर्वोच्च अदालतको कारवाहीको प्रत्यक्ष प्रसारण भइरहेको तथ्य उल्लेख गरिएको छ। 

यी देशहरूको अनुभवले प्रत्यक्ष प्रसारणले न्यायिक प्रक्रियामा जनताको विश्वास र सहभागिता उल्लेखनीय रूपमा बढाएको देखाएको रिट निवेदकको जिकिर छ । निवेदकहरूले नेपालको संविधानले प्रत्याभूत गरेको सूचनाको हक र सम्मानपूर्वक बाँच्न पाउने हकलाई उद्धृत गर्दै नेपाली नागरिकहरूलाई पनि अदालतको सुनुवाइ प्रत्यक्ष रूपमा हेर्न पाउने अधिकार हुनुपर्ने माग राखेका छन्। 

 निवेदकहरूले सर्वोच्च अदालतलाई यथाशीघ्र प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउन र यस सम्बन्धमा स्पष्ट नीति तथा निर्देशिका तयार पार्न पनि माग गरेका छन् ।  उनीहरूको मागमा प्राविधिक पूर्वाधार निर्माण, मानव संसाधन व्यवस्थापन र समयबद्ध कार्ययोजना तयार पार्नेजस्ता विषयहरू समावेश छन्।  

 

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण द…

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटीमा छुटे

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटी…

एमाले  नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

एमाले नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका  सिद्धबाबाले  उच्च अदालत विराटनगरबाट पाए सफाइ

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका सिद्धबाबाले उच्च अदालत विराटनग…

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन : सर्वोच्च

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन…

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी