माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका(१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आइतबार बिहान माइक्रोबसको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ। 

भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ३८६६ नम्बरको विङगरले सडक छेउमा बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीकी ५० वर्षीय श्रीमती अनितादेवी अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जनकारी दिए। 

ठक्करबाट घाइते भएका अनितादेवी अधिकारीको टाउको, छाती, बायाँ खुट्टालगायतका भागमा चोट लागेको छ। उनको उपचार भइरहेको छ। 

प्रहरीले विङगर चालक सप्तरीको छिनमस्ता गाउँपालिका ७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको छ। 

उक्त घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरोध गरेका छन्।-रासस