त्रिशूली ट्रक दुर्घटना : घटना शङ्कास्पद, ट्रक चालकको मोबाइल स्विचअफ

 चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलताल (२५ किलो) भन्ने ठाउँबाट त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । 

चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

ना.६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुर आउँदै गरेको थाहा भएको छ । ट्रकमा २२ सय २५ काटुर्न तेल लोड गरिएको थियो । 

प्रहरीका अनुसार दुर्घटना शङ्कास्पद रहेकोले अनुसन्धान गर्नुपर्ने देखिएको छ । डीएसपी रिजाल भन्छन्, ‘घटना अनुसन्धान गर्नुपर्ने देखिएको छ ।’