पोखरा महानगरले पलेशालाई  रु दुई लाख २२ हजारसहित सम्मान गर्ने

पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । 

महानगर प्रमुख धनराज आचार्यले पेरिस ओलम्पिकमा नेपाललाई पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगद रु दुई लाख २२ हजार दुई सय २२ सहित सम्मान गर्न लागिएको बताउनुभयो ।

पोखरा रङ्गशालामा आइतबार आयोजना गरिने एक कार्यक्रमका बीच पलेशालाई सो सम्मान प्रदान गरिने नगर प्रमुख आचार्यले जानकारी दिनुभयो । “नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेशाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पु¥याएकी छिन्, यो सिङ्गो मुलुकका लागि गर्वको विषय हो । पलेशालगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि पोखरा महानगरपालिकाले सम्मान गर्न लागेको हो,” आचार्यले भन्नुभयो । 

पोखरा महानगरपालिका सदैव राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूका साथमा रहेको आचार्यले बताउनुभयो । समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेलप्रतिको रुचिको प्रवद्र्धनलगायत गतिविधिहरू सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । 

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । विसं २०२१ को एसिया युथ पारा गेम्समा स्वर्ण जितेकी पलेशा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन् ।