फिल्म ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री परिक्षा लिम्बू अनुबन्धित

यसै सातादेखि फ्लोरमा जान लागेको फिल्म ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री परिक्षा लिम्बू अनुबन्धित भएका छन् ।

सिग्देलले निर्मातासँग बुधबार लिखित सम्झौता गरेका हुन् । उनी यसअघिका दुवै शृङ्खलामा सुनिल रावलले निभाएको भूमिका अर्थात वार्डेनमा देखिन लागेका हुन् । 

त्यस्तै मुख्य भूमिकामा अभिनेत्री लिम्बू भित्रिएकी छन् । ‘जारी’ डेब्यु अभिनेत्री  लिम्बूले यसअघि ‘पुजार सार्की’मा सिग्देलसंग काम गरेकी थिइन् । उनको जारी, छक्कापञ्जा ४ र पुजार सार्कीपछि यो चौथो फिल्म हो । 

‘होस्टेल ३’ फागुन १६ गते प्रदर्शन तयारीमा छ । बुधबार नै जापान, मध्यपूर्व र मलेसियाका लागि फिल्मको वितरण अधिकार बिक्री भएको छ । 

फिल्ममा यसअघि पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ अनुबन्धित भइसकेका छन् ।