एप्पलले आइफोन १६ सिरिजको लन्च गरेसँगै दुई पुराना मोडेल आइफोन १३ र १५ को बिक्री बन्द

 एप्पलले सोमबार आइफोन १६ सिरिजको लन्च गरेसँगै दुई पुराना मोडेलको बिक्री बन्द गरेको छ ।

कम्पनीले आइफोन १३ र आइफोन १५ का प्रो मोडेलहरुको बिक्री बन्द गरेको हो । अब एप्पलका आधिकारिक स्टोरहरूबाट यी मोडेल किन्न पाइने छैन ।

नयाँ मोडल सार्वजनिक गर्दा पुरानो मोडल बन्द गर्नु एप्पलको सामान्य प्रक्रिया हो । यसअघि कम्पनीले गतवर्ष आइफोन १५ सिरिज लञ्च गर्दा पनि आइफोन १४ का प्रो मोडेलहरू हटाएको थियो ।

उस्तै मूल्यमा नयाँ विशेषता र क्षमताका फोन बिक्री गर्ने योजनाअनुसार कम्पनीले यस्तो अभ्यास गर्ने गरेको छ ।

अब एप्पल स्टोरहरुमा आइफोन १४, १४ प्लस आइफोन १५, १५ प्लस, आइफोन एसइ तथा आइफोन १६ सिरिजका फोनमात्रै विकल्पको रुपमा रहनेछन् ।