प्रहरी कार्यालयभित्रै बर्दीमै जुवा ३ जना कारबाहीमा

 काठमाडौंमा प्रहरी कार्यालयभित्रै बर्दीधारी प्रहरीले जुवा खेलेको विषय बाहिरिएको छ। काठमाडौं महानरपालिका ३२, मा रहेको नरेफाँट प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामकृष्ण थापासहित ३ जना प्रहरीले जुवा खेलिरहेको विषय सार्वजनिक भएको हो।

सो विषय सार्वजनिक भएपछि अहिले उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वर तानिएको छ। अहिले उनीहरुलाई तानेर उनीहरूको स्थानमा नयाँ टोली पठाइएको डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए।

स्रोतका अनुसार थापासहितको टोली आफ्नो डिउटी समयलाई छलेर कार्यालयमै जुवातास खेलिरहेको अवस्थामा गत शनिबार फेला परेका थिए।