अस्ट्रेलियाको सिड्नीमा नेपाली युवती मृत फेला

अस्ट्रेलियाको सिड्नीस्थित एक पार्कमा नेपाली युवती मृत फेला परेकी छन्। गएराति प्रहरीले उनलाई सिड्नीको ब्यस्तमध्येको सेन्ट्रलस्थित एक पार्कमा मृत फेला पारेको हो। 

अस्ट्रेलियास्थित नेपाली दूतावासले समेत नेपाल युवती मृत भेटिएको पुष्टि गरेको छ। कार्यवाहक राजदूत कुलराज मगरले नेपाली युवतीको मृत्युको बारेमा जानकारी आएको उल्लेख गरे।झापा घर भएकी २७ वर्षीया नेपाली युवतीको मृत्यु भएको हो। मृतकको बारेमा गोपनीयताका कारण नाम र अन्य विवरण सार्वजनिक गरिएको छैन। उनी विवाह पश्चात करिब ४ महिनाअघिमात्र अस्ट्रेलिया पुगेकी थिइन्।

उनको मृत्युको बारेमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ। न्यू साउथ वेल्सका अवैतनिक वाणिज्यदूत सञ्जीव शर्माले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले के कारणले घटना घटेको भन्ने विषय प्रष्ट नभइसकेको बताए।

करिब एकसाताअघि मात्र एक नेपाली युवा सिड्नीमा नै मृत भेटिएका थिए।