लामाे समय घुँडाको लिगामेन्ट इन्जुरिका कारण मैदान बाहिर रहेका नेइमार मैदानमा फर्किने तयारी

ब्राजिलका फुटबलर नेइमार छिट्टै मैदानमा फर्किने तयारी गरेका छन् ।

गतबर्षको नोभेम्बरमा घुँडाको लिगामेन्ट इन्जुरिका कारण मैदान बाहिर रहेका नेइमारले गोप्य रुपमा आफ्नो इन्जुरिबाट फर्किन तयारी गरिरहेको भएपनि उनी कहिले देखि मैदानमा फर्किन्छन् भन्ने स्पष्ट भएको छैन ।

३२ बर्षिय नेइमार साउदी क्लब अल हिलालमा गएपनि केवल ५ खेल खेलेका छन् र एक गोल मात्र गरेका छन् ।

यस अघि सेप्टेम्बर वा बढीमा अक्टोबरसम्म नेइमार पूर्ण रुपमा फिट हुने बताइएको थियो । नेइमारले पनि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै 'वर्क इन् साइलेन्स' भन्दै ऊनी २०२४ मा मैदानमा नदेखिने रिपोर्टको जवाफ दिएको बुझिएको छ ।

नेइमारले हाल अल हिलालको रिह्याब सेन्टरमा कडा मिहिनेत गरिरहेको बताइएको छ । यसैबीच अल हिलालले भने नेइमारलाई जनवरीसम्म आफ्नो साउदी प्रो लिगको टिमबाट बाहिर राखेको छ । अल हिलालले नेइमारलाई एशियन च्याम्पियन्स लिगको टिममा भने समावेश गरेको छ । लिगमा ८ विदेशी खेलाडी मात्र राख्न पाउने भएका कारण नेइमारलाई टिम बाहिर राखिएको बताइएको छ ।

अल हिलालले नेइमार ठिक भएपनि साउदी लिगमा जनवरीपछि मात्र खेलाउने संकेत देखिएको छ ।