बालेन शाह र दुर्गा प्रसाईंलाई प्रचण्डले उचाले :  सत्ता गठबन्धन

 सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र दुर्गा प्रसाईंलाई प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले उचालेको निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले त्यस्तो सूचना पाएको बताउँदै सामाजिक सञ्जाल र सदनबाटै प्रतिवादन गरिने बताएका थिए ।उनले सत्ता गठबन्धन भत्काउन लागिपरेको र अस्थिरता निम्त्याउन यस्तो काम गरेको आरोप प्रचण्डमाथि लगाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा सहभागी अर्का नेता जनमत पार्टीका संसदीय दलका उपनेता अब्दुल खानले पनि यो कुराको पुष्टि गर्दै भने, “बालेन, दुर्गाप्रसाईंलगायतको पछाडि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हात रहेको कुरा उठेको हो । सदन र सामाजिक सञ्जालबाटै प्रतिवाद गर्ने कुरा पनि भएको हो ।”

बैठकमा सरकार र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा पनि कुरा भएको थियो ।विपक्षी दलका नेताले सदन र अहिले सार्वजनिक रुपमा दिएका अभिव्यक्ति गलत भएको निष्कर्ष निकाल्दै त्यसको पनि प्रतिवाद सदनबाटै गर्ने निष्कर्ष निकालिएको थियो ।

काठमाडौं उपत्यकाका नदी किनारमा सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसलाका बारेमा पुनरवलोकनमा जाने विषयमा पनि बैठकमा छलफल भएको थियो ।