अर्थ मन्त्रालयका सहसचिव महेश बराल एकैपटक तीन वटा संस्थाको नेतृत्वमा

अर्थ मन्त्रालयका सहसचिव महेश बराल एकैपटक तीन वटा संस्थाको नेतृत्वमा छन् ।

बराल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख, राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष र नेपाल धितोपत्र बोर्डको अध्यक्ष छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख र राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष रहेका सहसचिव बराललाई अर्थमन्त्री विष्णु पौडेलले साउन पहिलो साता नेपाल धितोपत्र बोर्ड अध्यक्षमा नियुक्त गरेका हुन् ।

बराल वैशाखदेखि भन्सार कार्यालय प्रमुख र जेठदेखि बीमा कम्पनीको अध्यक्ष छन् । उनले साउन ३ मा बोर्डमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।