सिंगापुरका लगानीकर्ताहरुले भारतमा ६० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने

सिंगापुरका लगानीकर्ताहरुले भारतमा ६० अर्ब अमेरिकी डलर बराबरकोलगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हालै प्रधानमन्त्री नरेन्द्र मोदीको सिंगापुर भ्रमणका क्रममा सिंगापुरका लगानीकर्ताले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।सिंगापुर भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँका लगानीकर्ता, उद्यमी, व्यवसायी तथा ठूला कम्पनीका प्रमुख कार्यकारीहरुसँग छलफल गरेका थिए ।मोदीले भारतमालगानीको अवसरलाई हेरेर आफ्नो उपस्थितीलाई थप बलियो बनाउन उनीहरुलाई आग्रह गरेका थिए ।

सो क्रममा उनीहरुले पूर्वाधार, उत्पादन, ऊर्जा, दिगो विकास जस्ता क्षेत्रमा भारतमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । भारतमा लगानी गर्न सिंगापुरका लगानी कर्तालाई थप सहज बनाउन सिंगापुरमा लगानी कार्यालय स्थापना गर्ने घोषणा गरिसकेका छन् ।