एएफसी यु–२० एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा

 एएफसी यु–२० एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा गरिएको छ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सोमबार टोलीको घोषणा गरेका हुन् ।

टोलीले सेप्टेम्बर २१–२९ सम्म चाइनिज ताइपेईमा हुने प्रतियोगितामा भाग लिनेछ।प्रतियोगिताको समूह ‘बी’ मा नेपाल उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडियासँग परेको छ ।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्नेछ भने सेप्टेम्बर २३ मा आयोजक चाइनिज ताइपेईसँग खेल्नेछ। नेपालले तेस्रो खेल सेप्टेम्बर २५ मा उज्वेकिस्तानसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा बहराइनसँग खेल्नेछ।

अन्तिम टोली
गोलकिपरः अमित टमाटा, जियारथ शेख, कृषल मोक्तान
डिफेन्डरः आयुष तिम्सिना, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमिरे, सेमन्त थापा, दिपक थापा मगर
मिडफिल्डरः अविनाश स्याङ्तान, कुशल देउवा, लच्छु थापा, सरोज दारलामी, प्रशान्त लक्छम
फरवार्डः अनिल बोम्जन, धनसिंह विक, धरबेन्द्र कुँवर, न्यामा वाङ्गेल तामाङ, निरज कार्की, समिर तामाङ, निरजन धामी