स्पेनले स्वीट्जरल्याण्डलाई फराकिलो गाेल अन्तरले हरायाे

स्पेनले युइएफए नेसन्स लिग अन्तर्गत स्वीट्जरल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

स्पेनका लागि फाबियन रुइजले दुई गोल गरेका थिए भने जोसेलु, फेरान टोरेजले एक एक गोल गरेका थिए ।स्पेन यस खेलमा खेलको २०औं मिनेटमा रोबिन ले नोरम्यान्डले रातो कार्ड पाउँदा १० खेलाडीमा सिमित भएको थियो । त्यसैगरी स्वीट्जरल्याण्डका लागि एक गोल जेकी आमडोनीले एक गोल गरेका थिए ।

स्पेनको यो जितपछि समुह ४ मा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने स्वीट्जरल्याण्डले लगातार दोस्रो हार बेहोरेको छ ।