आजको मौसम : देशभर आंशिक बदली रहने

देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र  गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

कोशी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू भागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई भू भागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ