काठमाडौँ नागार्जुनकी वडा सचिव केसी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँको नागार्जुन नगरपालिका-७ की वडा सचिव सुमा केसी मृत फेला परेकी छिन् ।

उनी आइतबार आफ्नै घरको कुखुरा पाल्ने टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण प्रसाद तिमिल्सिना जानकारी दिए ।

तिमिल्सिनाका अनुसार उनको पोस्टमार्टम समेत गरि सकिएको छ भने अन्त्यष्टीको तयारी गरिएको छ ।