ताइवानमा ‘यागी’ नामकाे शक्तिशाली आँधी, ४ जनाको मृत्यु

ताइवानमा यागी आँधीका कारण चार जनाको मृत्यु भएको छ। यो आँधीबाट ताइवानको उत्तरी भाग सबैभन्दा बढी प्रभावित भएको छ।

‘यागी’ लाई यस वर्षको एसियाकै शक्तिशाली आँधी पनि भनिएको छ।इन्डो-प्यासिफिक ट्रपिकल चक्रवात चेतावनी केन्द्रका अनुसार शनिबार बिहान करिब २०३ किलोमिटर प्रतिघण्टाको गतिमा यो आँधी ताइवानको हाइ फोङ र क्वाङ निह राज्यमा पुगेको थियो।

हावाहुरीले उडेको धुलोका कारण भवनका झ्याल र सवारी साधनमा क्षति पुगेको छ।हनोईमा धेरै रुखहरू ढलेका कारण विद्युत आपूर्तिमा पनि समस्या देखिएको छ।ताइवानको उत्तरी राज्य क्वाङ निहमा यस आँधीका कारण तीन जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। हनोई नजिकैको हाइ दुआङमा एक जनाको मृत्यु भएको छ।

सोही क्षेत्रमा ७८ जना घाइते भएका छन्। साथै धेरै जना माछा मार्ने हराइरहेको बीबीसीले जनाएको छ।