आज पनि विनानिष्कर्ष टुंगियाे कांग्रेसका शीर्ष नेताहरूको बैठक

आज बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक निष्कर्षमै नपुगेर टुंगिएको हो ।

पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीसहित बसेको उक्त बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा छलफल भएको थियो । आइतबार फेरि बैठक डाकिएको छ ।