पाकिस्तानमा ४१ प्रतिशतभन्दा बढी महिला रक्तअल्पताबाट पीडित

पाकिस्तानमा ४१ प्रतिशतभन्दा बढी महिला रक्तअल्पताबाट पीडित छन् । पाकिस्तानस्थित डनले एक प्रतिवेदनलाई उद्धृत गर्दै तीमध्ये १४ दशमलव चार प्रतिशत कम तौल र २४ प्रतिशत बढी तौल भएको बताएको छ ।

अपर्याप्त मातृ पोषणका कारण यहाँ प्रतिएक लाख जीवित जन्ममा एक सय ८६ महिलाको मृत्यु हुन्छ । गुणस्तरहीन स्तनपानले स्तन र पाठेघरको क्यान्सरबाट वार्षिक दुई हजार र टाइप २ मधुमेहले एक हजार एक सयको मृत्यु हुन्छ । पाकिस्तानमा पनि प्रत्येक वर्ष जन्मको समयमा कम तौलका १४ लाख घटना दर्ता गरिएको छ ।

नेशनल हेल्थ सर्भिस (एनएचएस) मन्त्रालयले आयोजना गरेको ‘मातृ पोषणका लागि आर्थिक मामिलामा राष्ट्रिय नीति संवाद’ मा न्यूट्रिशन इन्टरनेशनलले विकास गरेको ‘निष्क्रिय उपकरणको लागत’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनअनुसार कुपोषणका कारण पाकिस्तानले वार्षिक १७ अर्ब अमेरिकी डलर नोक्सानी बेहोर्नुपरेको छ । यो विश्वव्यापी आम्दानीको करिब एक प्रतिशत हो ।

पाकिस्तानले प्रत्येक वर्ष गर्भवतीहरूमा एनिमियाको नौ लाख १८ हजार एक सय ५४ मामिला सामना गरेको प्रतिवेदनमा उल्लेख छ । पाकिस्तान आठ दक्षिण एसियाली देशमा किशोर, किशोरी र महिलाहरूमा रक्तअल्पताको प्रकोपमा चौथो स्थानमा र विश्वव्यापी स्तरमा दुई सय एक देशमा ३५औँ स्थानमा छ ।

यसबाहेक अपर्याप्त स्तनपानका कारण पाकिस्तानलाई २८ अर्ब अमेरिकी डलरको आर्थिक भार परेको छ । पाकिस्तानमा झाडापखालाबाट ६९ लाख मामिला, बाल्यकालमा मोटोपनको १९ हजार मामिला, झाडापखाला र निमोनियाबाट ३० हजार पाँच सय २५ बालबालिकाको मृत्यु र स्तन तथा पाठेघरको क्यान्सर र टाइप २ मधुमेहबाट तीन हजार एक सय ९६ महिलाको मृत्यु भएको छ ।
 
यसअघि पाकिस्तान नेशनल क्लस्टरका रिपोर्टहरूले लाखौँ पाकिस्तानी विशेषगरी बालबालिकाहरूको पोषण स्थितिको डरलाग्दो चित्र देखाउँदै गम्भीर कुपोषण सङ्कटलाई प्रकाश पारेका छन् ।आर्थिक कठिनाइ, खाद्य असुरक्षा, सीमित स्वास्थ्य सेवा पहुँच र वातावरणीय चुनौतीहरू जस्ता समस्याका कारण पाकिस्तानले आफ्नो इतिहासमा कुपोषणको उच्चतम दर अनुभव गरिरहेको प्रतिवेदनले जनाएको छ ।