जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बर्दिया- १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका ९ बस्ने २० वर्षीय अतुल तमौलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई २०७६ भदौ १६ गते जबरजस्ती करणी गरी फरार रहेका अतुललाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पर्वत- १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाशिला गाउँपालिका ५ बस्ने १२ वर्षीय र १४ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । मानसिक रुपमा अपाङ्गता भएकी ती किशोरीलाई गत जेठ १७ गते सोही ठाउँ पिँडालु खोलामा जबरजस्ती करणी गरेको भन्ने साउन २ गते
बिहान खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
अमेरिकी संसद्मा राष्ट्रपतिको स्वास्थ्यका विषयमा विवाद
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
प्रतिक्रिया