उत्तर कोरियाले चार वर्षपछि विदेशी पर्यटकका लागि सिमाना खुला गर्ने

उत्तर कोरियाले झण्डै चार वर्षपछि विदेशी पर्यटकका लागि आफ्नो सिमाना खुला गर्ने भएको छ।

उत्तर कोरियाले २०२० को प्रारम्भमा कोरोना महामारीका बेला आफ्नो सिमाना बन्द गरेको थियो। त्यसपछि अब उत्तर कोरियाले आफ्नो एउटा सहर पर्यटकका लागि खोल्ने निर्णय गरेको छ। 

दुई चिनियाँ टुर अपरेटरले चाँडै पर्यटकलाई उत्तर कोरियाको पहाडी सहर सामजियोन भ्रमण गर्न अनुमति दिन सकिने बताएका छन्।कोरोना महामारीको बेला उत्तर कोरियाले लगाएको प्रतिबन्ध गत वर्ष नै केही खुकुलो पार्न सुरु गरिएको थियो।

उत्तर कोरियाको सीमा बन्द भएपछि देशमा खाद्य संकट उत्पन्न भएको छ।आणविक कार्यक्रमका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ। जसका कारण त्यहाँको अर्थतन्त्रमा धेरै दबाब परेको छ।