मन्त्रालयकाे कार्यकक्षमा गञ्जीमै रहेका दीपक मनाङेकाे तस्बिर भाइरल

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजीव गुरूङ उर्फ  दीपक मनाङे मन्त्रालयमा गञ्जीमै कार्यकक्षमा रहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका मनाङे अहिले पनि कुनैनकुनै ‘काण्ड’ले चर्चा पाइरहेका छन् । यसैबीच मनाङे हालै गञ्जीमै मन्त्रालयको कार्यकक्षमा भेटिएका हुन् । दोस्रोपटक स्वतन्त्र सांसद जितेका मनाङे प्रदेशमा छैटौंपटक मन्त्री बनिसकेका छन् ।