माननीय डा सुनिल शर्मा ज्युको पहलमा काठमाडौं  मेडिकल कलेज टिचिङ्ग हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर अपडेट  {तस्वीरहरु}

काठमाडौं  मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ चिकित्सक टोलीबाट आज  मिति २०८१ साउन  ११ गते शुक्रवारका दिन
काठमाडौं  महानगरपालिका वडा ८ तिलगंगा  स्थित  शान्ति सेवा गृह तथा पुर्नास्थ्पना केन्द्रमा  निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शान्ति सेवा गृह तथा पुनर्स्थापना केन्द्रद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९३१ जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार भएको छ जसमध्ये १०३  जनाको भिडियो एक्स-रे , ८६  जनाको इसीजी  ,१०९ जनाको ल्याब परीक्षण, २७ जनाको दाँत खोलिएको साथै ३३ जनालाई केएमसी रेफर गरिएको  छ ।