एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले दिए राजीनामा

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन् ।

केन्द्रको हस्तक्षेपमा दलको नेता छोडेर उपनेतालाई मुख्यमन्त्री बनाएपछि गिरीले पदबाट राजीनामा दिएका हुन् संसदीय दलका नेता तथा पार्टी पोलिट्ब्युरो सदस्य गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएको थियो । तर, अन्तिम समयमा एकाएक उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रबाट निर्देशन आएपछि गिरीको नाममा टिपेक्स लागेको थियो ।

नेता गिरीले आफुले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताए । यद्यपी उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

गिरीसँगै प्रमुख सचेतक तुलसी चौधरीले पनि राजिनामा दिएका छन् । दलको नेताले राजीनामा दिएमा प्रमुख सचेतक पनि स्वतः हट्ने वैधानिक व्यवस्था छ । गिरी पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने मुख्यमन्त्री नियुक्त भएका आचार्य महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।