१२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

रौतहट, १२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवाही गोनाही नगरपालिका-९ कर्कच बस्ने २० वर्षीय सुधिर कुमार रामलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । रामले ती किशोरीलाई बिहीबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

खोटाङ, १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बराहपोखरी गाउँपालिका-२ बस्ने २५ वर्षीय ढक बहादुर रानामगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई सोही ठाउँस्थित खाली घरमा लगेर सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।