पूर्वउपप्रधानमन्त्री सिंह उपचारपछि स्वदेश फिर्ता

काठमाडौँ, १४ असारः पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतमा स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कनुभएको छ ।

नेता सिंह उपचारका क्रममा करिब एक महिना अघि भारत जानुभएको थियो । नेता सिंहले स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । नेता सिंह केही दिन आराम गरेपछि नियमित काममा सक्रिय हुने उहाँको निजी सचिवालयले जनाएको छ ।