लागूऔषध मुद्दाका प्रतिवादीलाई सम्पत्ति शुद्धिकरणमा सजाय निर्धारण

लागूऔषध मुद्दाका पाँच प्रतिवादीलाई सम्पत्ति शुद्धिकरणमा पनि सजाय सुनाइएको छ । बिहीबार उनीहरुमाथि न्यायाधीशहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले सजाय निर्धारण गरेको हो । ​​

उनीहरुमाथि उक्त इजलासले नै ५ असारमा कसूर कायम गरेको थियो । सात जना प्रतिवादी रहेकोमा दुई जनालाई भने विशेषले सफाइ दिने फैसला गरेको हो । यस मुद्दामा मिलन लोवालाई ३ वर्ष कैद र दुई करोड २७ लाख रुपैयाँभन्दा बढी जरिवानाको फैसला गरेको छ । अर्का प्रतिवादी दीपक राईलाई पनि तीन वर्ष कैदकै फैसला भएको छ भने एक करोड ६६ लाख रुपैयाँ भन्दा बढी जरिवाना तोकिएको छ । 

अन्य तीन प्रतिवादीलाई भने जनही एक वर्ष ६ महिना कैद हुने भएको छ । जरिवानाको हकमा सन्दिप राईले २० हजार पाँच सय, केसाङ योल्मुलाई पाँच लाख ७७ हजार र रामकुमार लोवालाई ६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसलमा उल्लेख छ । 

दीपक, सन्दिप, केसाङ र रामकुमारले मिलनको खातामा पैसा जम्मा गरेको देखिएको र मिलनले उक्त पैसा झिकेको अनुसन्धानका क्रममा देखिएको थियो । 

ले उनीहरुमाथि कसूर कायमको फैसला भएको विशेषले जनाएको छ । यस मुद्दामा विशेषले दीपक र मिलनलाई मुख्य कसूरदार ठहर गरेको थियो भने अन्य तीन जना मतियार ठहर भएका थिए । साथै, भीमकुमार लोवा र राजेश श्रेष्ठलाई भने सफाइ दिने फैसला भएको थियो । 

प्रतिवादीहरुले लागूऔषध किनबेचबाट आर्जित सम्पत्ति शुद्धिकरण गरेको विशेषको ठहर छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनीहरुमाथि पाँच करोड २७ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै २३ माघ ०८० मा मुद्दा दायर गरेको थियो ।