पर्सा र तनहुँका शिक्षकले बुझाए नक्कली प्रमाणपत्र, विशेषले सुनायो सजाय

१४ असार, काठमाडौं

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने दुई शिक्षकलाई सजाय सुनाइएको छ । पर्सा र तनहुँमा कार्यरत शिक्षकहरुलाई विशेषले शुक्रबार कसुरदार कायम गर्दै सजाय सुनाएको हो । 

पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानूको अध्यापन अनुमति पत्र नै नक्कली रहेको खुलेको थियो । जसपछि उनीमाथि गत १० वैशाखमा मुद्दा दायर भएकोमा ठहर हुने फैसला भएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनको प्राथमिक तह अध्यापन अनुमति पत्र नक्कली रहेको देखिएको थियो । झुठा अनुमतिपत्रका आधारमा उनले शिक्षण सुरु गरेपछि सजाय सुनाइएको हो । 

यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो । विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । 

यसैगरी विशेषले तनहुँकी शिक्षिका सुनिता उपाध्याय पौडेललाई पनि सजाय सुनाएको छ । उनीमाथि अख्तियारले गत २९ फागुनमा मुद्दा चलाएको थियो । 

जसमाथि विशेषका सदस्यहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलसाले सुनुवाइ गरेको हो । पौडेललाई विशेषले ३ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । 

तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार उनलाई सजाय सुनाइएको हो । उनले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसीबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमणपत्र पेस गरी नियुक्ति लिएकी थिइन् ।

अदालतद्वारा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको सजायसम्बन्धी निवेदन खारेज

अदालतद्वारा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको सजायसम्बन्धी निवेद…

गृहमन्त्रीलाई निलम्बन मागमा रिट हाल्ने अधिकार छैन : महान्यायाधिवक्ता

गृहमन्त्रीलाई निलम्बन मागमा रिट हाल्ने अधिकार छैन : महान्यायाधिवक्ता

कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध कार्कीले दायर गरेको रिटमाथिको अन्तिम बहस सकियाे

कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध कार्कीले दायर गरेको रिटमाथिको अन्तिम बहस…

काेशी प्रदेश सरकार गठनविरुद्धकाे  मुद्दा आज पनि हेर्दाहेर्दैमा

काेशी प्रदेश सरकार गठनविरुद्धकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा

प्रदेशसभा सदस्यबाट देवकोटा हटाउने घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतकाे अन्तरिम आदेश

प्रदेशसभा सदस्यबाट देवकोटा हटाउने घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतक…

सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पारेको वर्णविन्यासको नियम खारेज

सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पा…

यस्तो छ अख्तियारले मुख्यसचिव सहितका विरुद्ध लगाएको आरोप

यस्तो छ अख्तियारले मुख्यसचिव सहितका विरुद्ध लगाएको आरोप

कानुन व्यवसायीको बहस नसकिएपछि कोसी प्रदेश सरकारबारे दायर रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा

कानुन व्यवसायीको बहस नसकिएपछि कोसी प्रदेश सरकारबारे दायर रिटको सुनुवाइ आज …