धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द
![](https://snowberry.prixacdn.net/media/gallery_folder/SEBON_Q2aspAZrqy_uPtpfLkgWE_fvdk1jfrxj1ioddhduqqeq4h6qs5zcfwtcekzvncl4ebq5pvpjs9mvo2npyp_5I2A1L4Gcq_aiqovxhc96a8jw4izmg9p3wyx3wrz36wnch388sdgowcmgi7n0oj4km2omwq.jpg)
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले नियुक्तिसम्बन्धी प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो ।
गत फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको समितिले जनाएको छ ।
समितिले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, 'नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको मिति २०८१/०३/१४ को निर्णय अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८०/११/१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको व्यहोरा सम्वद्ध सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।'
सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच जना अध्यक्षका उम्मेदवारमध्ये तीनजना अन्तर्वार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया के हुने भन्ने अन्योल थियो । जसअनुसार सर्ट लिस्टमा परेकामध्ये सन्तोषनारायण श्रेष्ठ र निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणको लागि उपस्थित भएपनि डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाई र कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा अनुपस्थित भएका थिए ।
यसअघि महान्यायाधिवक्ताले कानुनी राय दिँदै तीन जना भन्दा कम व्यक्तिको प्रतिस्पर्धा हुने अवस्थामा नियुक्ति नगर्न भनेका थिए । धितोपत्र बोर्ड ऐनमा तीन जना भन्दा बढीको बिचमा प्रतिस्पर्धा हुनुपर्ने उल्लेख छ ।अर्थ मन्त्रालयको निर्देशनमा समितिले गरेको यो निर्णयपछि धितोपत्र बोर्डले तत्काल अध्यक्ष नपाउने निश्चित भएको छ । बोर्डको अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदै आएको छ ।
![आम निर्वाचनमा बेलायती सरकारद्वारा रुसी हस्तक्षेपको चेतावनी](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
आम निर्वाचनमा बेलायती सरकारद्वारा रुसी हस्तक्षेपको चेतावनी
![बीसीसीआईका सचिव जय शाहले टी-२० विश्वकप विजेता टोलीलाई सवा एक अर्ब दिने](https://snowberry.prixacdn.net/media/gallery_folder/jay-shah_1706690453_ca4F9Pk0cW_xjcky3wroaxfafntksn22gvglbt1fggg01ebmuemn0o14etk8geo6h4jsiiz_fjV6ThmrNU_3szifcd1rxnsmzrsesyfimzcw1aufzr7mxi6g5hu9pwbtfhehnjt1ukkqlhp.webp)
बीसीसीआईका सचिव जय शाहले टी-२० विश्वकप विजेता टोलीलाई सवा एक अर्ब दिने
![चामल किन्ने पैसा छैन, कनिकामै चित्त बुझाउनुस् : दीपक मनाङे](https://snowberry.prixacdn.net/media/gallery_folder/deepak_manange_1619693274_0HHmu7FPzC_lad01mnm3c9u79be8sohmiwgjxjewlt93pjo0ys3b23c9e1tsofpwgf768wd_u8oxSL7YaV_qf5huu8ypnjkmvkciipksrtmxx9tvu6lwicbtz2hi8egbxwyjsjbxyqwsdsn.jpg)
चामल किन्ने पैसा छैन, कनिकामै चित्त बुझाउनुस् : दीपक मनाङे
![निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुकोे अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/fnj-nepal-office_4yzGwmrLBI_pvyj087ruk53wumzz7ooywy9jh0d2sdswgkljczqyqfbod5yg1fsp3uhqnug_APGlCX8BSk_mzmauyv0lg2sctfp3bcrqjjizzgxxei7fsr9pl4sl35ekzpi5tdiri7dcrtb.jpg)
निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुकोे अपिल
![जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-30%2520214419_wCCSVglyv2_aebmoylpharmhb71bos15ptsjniatudmnxblnc1jaofhueipkzfrlkir74vr_d9CqJ5AW55_lbqenbdh7d10htk4jqlet3ktwqebdzirltqcntramfgnqerrafxfmla16vx2.png)
जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ
![अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/oli_0pH12SYMOc_2agrvmdzlwgjfwr7pmweumpnqygmhthdibsv7qreqi1qgsdtah6drllggqo3_tXCNmAKZXC_olj16pzrhyfooktsclv5esfxxjhr7wgdnuiugiw2lggdoid91xs3jfurbyc5.jpg)
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
![काठमाडौँका विभिन्न स्थानमा चोरीमा सक्रिय गिराेह पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8_GMAVbmUaf4_cb32wsy8vnpm12l0xtk4gtjzwajqsmttdfeq7bryz6sukikkrbsycppjjizs_MWwreFpIVj_pqy3udceke07nqntytgnqatkfktzcoei8hsqj7lqk4unl5eekfjhdu9orp8m.png)
काठमाडौँका विभिन्न स्थानमा चोरीमा सक्रिय गिराेह पक्राउ
![पेट्रोल र डिजेलमा मूल्य वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/petrol-price__hzxpX17t1W_0rcjku5rpzuw88svh15llbnqtaie5ogccg3z4u3zmusvcgzupjl56zpbpzgx_KWIlSH4R5G_ic8znevcqoxg6ipwhmn3zhtsmgejt7n7ldfjptdpfc1p5q4khf6oxdqkmnef.jpg)
प्रतिक्रिया